गलौँदीमा सडक भासियो, पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध

राजधानी काठमाडौँलाई मुग्लिन हुँदै देशका अन्य भागसँग जोड्ने पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। धादिङको गजुरी गाउँपालिकास्थित गलौँदीमा शुक्रबार साँझ सडकको एउटा खण्ड भासिएपछि दुवैतर्फ सवारी चल्न बन्द भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका एसपी सुमित खड्काले सडक भासिएको पुष्टि गरेका छन्।
यसैबीच शुक्रबार दिउँसो गल्छीनजिकको मछेडीमा चितवनबाट काठमाडौँ आउँदै गरेको भारतीय ग्यास बुलेट पल्टिएर ग्यास चुहिएको छ। चुहावटका कारण भासिएको खण्ड खुलाउन जाने टोलीलाई गलौँदीसम्म पुग्न कठिनाइ भएको सडक विभागले जनाएको छ। दसैँको मुखमा राजधानी आउजाउ गर्ने यात्रु र सामान ढुवानीमा यसको सिधा असर परेको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


