२३ असोज २०८३ English
English

मन्त्रिपरिषद्का ४ निर्णय: विश्व बैंकसँग भूकम्प क्याटास्ट्रोफ बन्ड सम्झौता, एसियाडका पदक विजेतालाई पुरस्कार

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
मन्त्रिपरिषद्का ४ निर्णय: विश्व बैंकसँग भूकम्प क्याटास्ट्रोफ बन्ड सम्झौता, एसियाडका पदक विजेतालाई पुरस्कार
तस्बिर: अनलाइनखबर

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले चारवटा निर्णय गरेको छ। बैठकले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ।

विटौरी जग्गामा लामो समयदेखि बसोबास गर्दै आएका नागरिकको नाममा जग्गा दर्ता गर्ने प्रक्रिया सहज बनाउन सरकारले समिति गठन गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै, नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरिएको छ। न्याय सेवा आयोगको सिफारिसमा बढुवा भएका न्यौपानेलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदस्थापन गरिएको छ।

बैठकले जापानको आइची नागोयामा सम्पन्न २०औँ एसियाली खेलकुदमा पदक जित्ने खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार दिने निर्णय पनि गरेको छ। उक्त प्रतियोगितामा नेपालका लागि महिला कबड्डी टोली र कराते खेलाडी तेन्जिङ शेर्पाले कांस्य पदक जितेका थिए।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २३ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 23 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार