२३ असोज २०८३ English
English

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए, ३० दिनभित्र क्षतिपूर्ति असुल गरिने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए, ३० दिनभित्र क्षतिपूर्ति असुल गरिने
तस्बिर: नेपाल प्रेस

दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायी तथा कम्पनीको ठेक्का तोडिएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक डिभिजन चरिकोटले ठेक्का सम्झौता अन्त्य गरेको हो।

विभिन्न आयोजनाको निर्माण जिम्मा लिएर पनि काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडिएको हो। ती आयोजनाको काम वर्षौंदेखि अलपत्र अवस्थामा थियो।

सडक डिभिजन चरिकोटले शुक्रबार एक सूचना प्रकाशित गर्दै ठेक्का सम्झौता अन्त्य गरिएको जानकारी दिएको छ। सूचनामार्फत सम्बन्धित निर्माण व्यवसायीलाई वित्तीय फरफारक गर्न पनि भनिएको छ।

ठेक्का तोडिएका निर्माण व्यवसायीबाट ३० दिनभित्र क्षतिपूर्ति असुल गरिने जनाइएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २३ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 23 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार