१२ असोज २०८३ English
English

बाढीको बहाव घटेपछि मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालनमा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्

लमजुङ जिल्लामा सञ्चालित मर्स्याङ्दी नदीका दुई ठूला जलविद्युत् आयोजना आजदेखि पुनः सञ्चालनमा आएका छन्।

७० मेगावाटको मध्यमर्स्याङ्दी र ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन फेरि सुरु भएको हो।

मर्स्याङ्दी नदीमा पानीको सतह र बहाव बढेपछि यी दुवै आयोजना आइतबार बिहानदेखि बन्द भएका थिए। नदीमा बाढीको बहाव घटेपछि आयोजनाहरू पुनः सञ्चालनमा ल्याइएका हुन्।

दुवै आयोजना सञ्चालनमा आएसँगै १२० मेगावाट क्षमताका आयोजनाबाट उत्पादन फेरि सुरु भएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १२ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 12 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार