१२ असोज २०८३ English
English

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति सर्वोच्चको गम्भीर ध्यानाकर्षण, स्वेच्छाचारी काम अस्वीकार्य

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति सर्वोच्चको गम्भीर ध्यानाकर्षण, स्वेच्छाचारी काम अस्वीकार्य
तस्बिर: इमेजखबर

सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मध्यरातमा पक्राउ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सर्वोच्चको पूर्ण बैठकले सोमबार यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेको हो।

असोज १० गते मध्यरातमा नेपाल प्रहरीका अधिकृतहरूले घरमा सुतिरहेको अवस्थामा जबरालाई नियन्त्रणमा लिएर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु लगेका थिए। उनलाई त्यहाँ करिब १० घण्टा राखिएको थियो।

सर्वोच्चले उचित कानुनी प्रक्रिया पूरा नगरी गरिने कामकारबाहीमा स्वेच्छाचारिताको सम्भावना रहने जनाएको छ। त्यस्तो कार्य लोकतान्त्रिक शासन प्रणालीका मूल्यअनुकूल नहुने र लोकतान्त्रिक प्रणालीले त्यसलाई स्वीकार गर्न नसक्ने सर्वोच्चको धारणा छ।

न्यायपालिकाको कामकारबाहीलाई कुनै पनि बाह्य प्रभावबाट मुक्त राख्नुपर्ने भन्दै सर्वोच्चले न्याय सम्पादनका क्रममा भएका वा हुने विषयलाई अनावश्यक रूपमा प्रभावित पार्ने गतिविधि नगर्न सम्बन्धित पक्षलाई सचेत गराएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १२ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 12 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार