भुटानी शरणार्थी समस्याको स्थायी समाधान खोज्न संस्थाहरूको आह्वान

भुटानी शरणार्थी समस्याको स्थायी समाधान र भुटानी राजनीतिक बन्दीको निःशर्त रिहाइका लागि मानवअधिकारवादी संस्थाहरूले नेपाल र भुटान सरकारसँग माग गरेका छन्। ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भुटान र भुटान इन्डिपेन्डेन्ट पिपल्स फोरमले मङ्गलबार संयुक्त विज्ञप्ति जारी गरेका हुन्। ३ दशकभन्दा बढी समयदेखि अल्झिएका यी दुवै विषय तत्काल सम्बोधन गर्न विज्ञप्तिमार्फत आह्वान गरिएको छ।
नेपाल र भुटानका प्रधानमन्त्री संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क जाने अवसर पारेर विज्ञप्ति सार्वजनिक गरिएको हो। जीसीआरपीपीबीका संस्थापक तथा विश्व संयोजक राम कार्की र बीआईपीएफका महासचिव डी.बी. सुब्बाले विज्ञप्ति जारी गर्नुभएको हो।
राजनीतिक बन्दीको निरन्तरको हिरासतलाई गम्भीर मानवअधिकार उल्लङ्घनको विषय भन्दै संस्थाहरूले चिन्ता व्यक्त गरेका छन्। ह्युमन राइट्स वाचको प्रतिवेदन उद्धृत गर्दै अझै करिब २८ भुटानी राजनीतिक बन्दी भुटानका विभिन्न स्थानमा रहेको विज्ञप्तिमा उल्लेख छ। गत जुनमा २ जना बन्दी रिहा भएको पनि विज्ञप्तिमा जनाइएको छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

