९ असोज २०८३ English
English

मानसरोवर–कैलाश यात्रा: हिल्सा नाका ट्रान्जिट हब बन्दै

· १ मिनेट पढाइ
मानसरोवर–कैलाश यात्रा: हिल्सा नाका ट्रान्जिट हब बन्दै
तस्बिर: अनलाइनखबर

हुम्लाको हिल्सा नाका मानसरोवर–कैलाश यात्राको वैकल्पिक मार्गका रूपमा चर्चामा आएको छ। रसुवागढी–केरुङ र तातोपानी नाकामा अवरोध आएपछि यस उत्तरी नाकाको महत्त्व बढेको हो। भोटेकोशीमा आएको बाढीपछि केरुङ र तातोपानी नाका प्रभावित हुँदा तिब्बत पुगिसकेका १५० भन्दा बढी भारतीय पर्यटक हिल्सा हुँदै नेपाल फर्किएका छन्।

उनीहरू हिल्साबाट सिमकोट पुगेपछि हवाईमार्गबाट नेपालगञ्ज हुँदै गन्तव्यतर्फ लागेका हुन्। हिल्सालाई मानसरोवर–कैलाश यात्राको ट्रान्जिट हब बनाउन सडक, हवाई सेवा र सीमा व्यवस्थापन सुधार्नुपर्ने पर्यटन व्यवसायीले बताएका छन्। बाढीका कारण पर्यटकीय उडान प्रभावित हुँदा यस मार्गबाट यात्रा गर्ने ९ समूहले कार्यक्रम रद्द गरेका छन्।

व्यवसायीका अनुसार करिब ४ हजार बुकिङ रद्द भएको छ।

यो समाचार भिडियोमा

मानसरोवर–कैलाश यात्रा: हिल्सा नाका ट्रान्जिट हब बन्दै

स्रोत

सम्बन्धित समाचार