एसियाडको महिला कबड्डीमा नेपालको विजयी सुरुवात

महिला कबड्डीमा नेपालले एसियाली खेलकुदको सुरुवात जितसहित गरेको छ। जापानको इची-नागोयामा भइरहेको २०औं एसियाली खेलकुदअन्तर्गत सोमबार टोकाइ सिटिजेन हलमा भएको समूह 'बी' को खेलमा नेपालले थाइल्यान्डलाई ४६-४३ अंकले पराजित गरेको हो। पहिलो हाफमा नेपाली टोली १५-२४ को स्कोरसहित ९ अंकले पछि परेको थियो।
दोस्रो हाफमा नेपाली खेलाडीले एकपक्षीय खेल देखाउँदै ३१ अंक जोड्दा थाइल्यान्डले १९ अंक मात्र थप्न सक्यो। पहिलो खेलमै बलियो प्रतिद्वन्द्वीलाई हराएपछि टोलीको मनोबल उच्च बनेको महिला टोलीकी प्रशिक्षक पार्वती राईले जानकारी दिनुभएको छ। नेपाल रहेको समूह 'बी' मा थाइल्यान्डसहित श्रीलङ्का र चाइनिज ताइपेइ छन्।
समूह चरणको दोस्रो खेलमा नेपाल बुधबार चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्नेछ। ४ टोली सहभागी यस समूहबाट शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। समूह 'ए' मा भारत, बङ्गलादेश, जापान र इरान रहेका छन्।
महिला कबड्डीतर्फ २ समूहमा गरी ८ टोली प्रतिस्पर्धामा छन्।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

