११ असोज २०८३ English
English

पहिरोले राजमार्ग अवरुद्ध, डेढ लाखभन्दा बढी सिलिन्डर ग्यास बोकेका बुलेट बाटोमै

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
पहिरोले राजमार्ग अवरुद्ध, डेढ लाखभन्दा बढी सिलिन्डर ग्यास बोकेका बुलेट बाटोमै
तस्बिर: अनलाइनखबर

बुधबार रातिदेखि परेको निरन्तर वर्षापछि आएको बाढी र पहिरोले राजमार्ग अवरुद्ध हुँदा काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति प्रभावित भएको छ। ग्यास बोकेका १२५ बुलेट बाटोमै अड्किएका छन्।

नेपाल आयल निगमका अनुसार वीरगञ्ज भन्सारबाट ग्यास लोड गरेर आएका बुलेटमध्ये केही चितवनको रामनगर, केही हेटौंडा तथा अन्य सुरक्षित स्थानमा रोकिएका छन्। एउटा बुलेटमा औसत १ हजार २५० सिलिन्डर बराबरको ग्यास हुने भएकाले डेढ लाखभन्दा बढी सिलिन्डर ग्यास बाटोमै रहेको छ।

निगमका अनुसार बुधबार वर्षा सुरु भएयता कुनै पनि नयाँ ग्यास बुलेट काठमाडौं उपत्यका भित्रिन सकेको छैन। सडकको दुरवस्थाका कारण भारतबाट ग्यास बोकेर आएका बुलेट र अन्य मालवाहक ट्रक उपत्यका भित्रिन पाएका छैनन्।

ग्यास बुलेट समयमै उपत्यका नपुग्दा काठमाडौंमा ग्यासको अभाव हुने जोखिम बढेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ११ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 11 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार