११ असोज २०८३ English
English

बाढीले बगाएको क्रुजसिप नारायणी पुलमुनि अड्कियो, पुलमा आवतजावत बन्द

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बाढीले बगाएको क्रुजसिप नारायणी पुलमुनि अड्कियो, पुलमा आवतजावत बन्द
तस्बिर: रातोपाटी

चितवनको नारायणी नदी किनारमा बाँधेर राखिएको क्रुजसिप आइतबार दिउँसो बाढीले बगाएको छ। बगेर आएको क्रुजसिपले नारायणी नदीमाथिको पुलको पिलरमा धक्का दिएको छ। घरजत्रो क्रुजसिप पुलको गैंडाकोटतर्फको भागमा अड्किएको छ।

क्रुजसिप पुलमुनि अड्किएपछि चितवनको भरतपुर र नवलपुरको गैंडाकोट जोड्ने नारायणी पुलमा आवतजावत पूर्णरूपमा बन्द गरिएको छ। पुलमा सवारीसाधन चलाउन पूर्ण रूपमा रोक लगाइएकोमा अहिले मोटरसाइकललाई मात्र छाडिएको छ।

यसैबीच, नारायणी नदीको जलसतह आज ११.९४ मिटर पुगेको छ। देवघाटस्थित जलमापन केन्द्रमा मापन गरिएको यो जलसतह मापन सुरु भएयताकै सबैभन्दा उच्च भएको नारायणी बेसिन फिल्ड कार्यालयले जनाएको छ।

नदीमा पानीको सतह बढेपछि नारायणी किनारका दर्जनौँ बस्ती डुबानमा परेका छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ११ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 11 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार