११ असोज २०८३ English
English

चोलेन्द्रशमशेर जबरालाई भेट्न प्रहरीले रोकेपछि मानव अधिकार आयोगको आपत्ति

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
चोलेन्द्रशमशेर जबरालाई भेट्न प्रहरीले रोकेपछि मानव अधिकार आयोगको आपत्ति
तस्बिर: रातोपाटी

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेट्न आफ्नो टोलीलाई प्रहरीले रोकेकोमा राष्ट्रिय मानव अधिकार आयोगले आपत्ति जनाएको छ।

प्रहरी नियन्त्रणमा रहेका जबराको अवस्थाबारे जानकारी लिन आयोगको टोली आइतबार बिहान टेकुस्थित प्रहरी परिसर पुगेको थियो। तर प्रहरीले टोलीलाई जबरासँग भेट्न नदिएको आयोगले जनाएको छ।

आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'संवैधानिक तथा कानूनी अधिकार विपरीत नेपाल प्रहरीबाट गरिएको यस प्रकारको व्यवहारप्रति आयोग खेद प्रकट गर्दछ।' आयोगले आफूलाई प्राप्त संवैधानिक तथा कानुनी अधिकारको सम्मान गर्न पनि आग्रह गरेको छ।

आयोगले भेटघाट र अनुगमनमा अवरोध पुर्‍याउने प्रहरीलाई कारबाही गर्न निर्देशन दिएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ११ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 11 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार