मनाङको चामेमा पहिरोले मर्स्याङ्दी नदी आंशिक रूपमा थुनियो

मनाङको सदरमुकाम चामेमा पहिरो झरेर मर्स्याङ्दी नदी थुनिएको छ। जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार चामेनजिकै मर्स्याङ्दी नदी थुनिएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार स्थानीय ठाडो खोलाबाट लेदोसहितको पहिरो झरेर नदी थुनिएको हो। नदी थुनिएर पोखरी बनेको छ।
प्रहरीले भने नदी पूर्ण रूपमा नथुनिएको र पानीको बहाव जारी रहेको बताएको छ। नदी आंशिक रूपमा थुनिएको छ।
पहिरोको जोखिम बढेसँगै स्थानीयले सरकारी उद्धार टोलीको प्रतीक्षा गरिरहेका छन्। स्थानीयले भनेका छन्, ‘सक्ने भए उद्धार गर्न आउनु, मरेपछि लास खोज्न नआउनू।’
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


