सुस्तामा नारायणीको बाढी पस्यो, हजारभन्दा बढी स्थानीयलाई नारायणीवारि सारियो

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा नारायणी नदीको बाढी पसेपछि हजारभन्दा बढी स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ। अविरल वर्षाका कारण नारायणीको बहाव बढेपछि बस्तीमा शुक्रबारदेखि बाढी पसेको थियो।
नदीको बहाव बढ्न थालेपछि स्थानीयलाई सुरुमा सुस्तास्थित होल्डिङ सेन्टरमा राखिएको थियो। शनिबार राति बाढी बस्तीमा पस्यो र होल्डिङ सेन्टर पनि जोखिममा पर्यो। त्यसपछि उनीहरूलाई नारायणीवारि ल्याइएको हो।
सुस्ताका सबै बासिन्दालाई नारायणीवारि ल्याइसकिएको छ। विस्थापितलाई विद्यालयमा राखिएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


