६ कात्तिक २०८३ English
English

हानि–नोक्सानी कोषबाट नेपाललाई दुई करोड डलर, कार्यान्वयनका लागि प्रस्ताव पेस गरिने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
हानि–नोक्सानी कोषबाट नेपाललाई दुई करोड डलर, कार्यान्वयनका लागि प्रस्ताव पेस गरिने
तस्बिर: रातोपाटी

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारूप महासन्धिअन्तर्गतको 'हानि–नोक्सानी सम्बोधन कोष'ले नेपाललाई सहयोग गर्ने निर्णय गरेपछि त्यसको कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने भएको छ।

महासन्धि र पेरिस सम्झौताअन्तर्गत स्थापित हानि र क्षतिको प्रतिकार्य कोष (एफआरएलडी) ले नेपाललाई तत्काल आर्थिक सहयोगका लागि २० मिलियन अमेरिकी डलर (करिब रु. तीन अर्ब) विनियोजन गरेको छ। यो अनुदान बाढीपीडितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा खर्च गरिने जनाइएको छ।

प्रस्ताव तयार गर्दा राष्ट्रिय प्राथमिकता, स्थानीय समुदायको आवश्यकता र सरकारी तहमा रहेका स्रोत तथा कार्यक्रमगत अभावलाई मुख्य आधार बनाइने जनाइएको छ।

प्रस्ताव तयार गर्ने र स्वीकृतिका लागि पेस गर्ने प्रक्रिया समयमै अघि बढ्न सके आगामी डिसेम्बरमा बस्ने कोषको बोर्ड बैठकबाट यसबारे थप निर्णय हुन सक्ने सम्भावना रहेको सम्बन्धित अधिकारीले जानकारी दिएका छन्। सरकारले अब प्रस्ताव तयार गरी कोषमा पेस गर्नुपर्नेछ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ६ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 6 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार