११ असोज २०८३ English
English

असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, प्रचण्ड र लामिछानेलाई निम्तो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, प्रचण्ड र लामिछानेलाई निम्तो

YouTube मा सब्स्क्राइब

नेपाली कांग्रेसले असोज १६ गते हुने १५औँ महाधिवेशनको उद्घाटन समारोहमा तीन प्रमुख दलका शीर्ष नेतालाई निम्तो दिएको छ। प्रमुख सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई निमन्त्रणा गरिएको हो। कांग्रेसका सहमहामन्त्री उदयशमशेर राणाले शुक्रबार तीनै नेतालाई भेटेर निमन्त्रणापत्र हस्तान्तरण गर्नुभएको हो।

उद्घाटन समारोह काठमाडौंको खुलामञ्चमा हुनेछ। कांग्रेसले सत्तापक्ष र प्रतिपक्षका नेतृत्वलाई उद्घाटनमा एकै ठाउँमा उपस्थित गराउने तयारी गरेको जनाएको छ। यो उपस्थितिले दलहरूबीच संवाद, सहकार्य र सद्भाव बलियो बनाउने विश्वास पार्टीले लिएको छ।

कांग्रेसका एक पदाधिकारीका अनुसार छिमेकी मुलुकका राजनीतिक दल तथा प्रतिनिधिलाई पनि अतिथिका रूपमा बोलाउने तयारी भइरहेको छ। सहमहामन्त्री राणाले सबै राजनीतिक दलका प्रतिनिधि, पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक र आम नागरिकलाई समारोहमा सहभागी हुन आग्रह गर्नुभएको छ।

स्रोत

सम्बन्धित समाचार