११ असोज २०८३ English
English

१३ देशका लागि प्रस्तावित राजदूतबारे संसदीय सुनुवाइ समितिले उजुरी माग्यो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
१३ देशका लागि प्रस्तावित राजदूतबारे संसदीय सुनुवाइ समितिले उजुरी माग्यो

YouTube मा सब्स्क्राइब

संसदीय सुनुवाइ समितिले १३ देशका लागि प्रस्तावित राजदूतबारे सर्वसाधारणसँग उजुरी तथा सूचना माग गरेको छ। समितिले सार्वजनिक सूचना जारी गर्दै प्रस्तावित व्यक्ति नियुक्तिका लागि उपयुक्त नदेखिए प्रमाणसहित उजुरी दिन आग्रह गरेको हो। सूचना पहिलोपटक प्रकाशित भएको मितिले १० दिनभित्र सङ्घीय संसद् सचिवालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिनेछ।

उजुरीमा प्रस्तावित राजदूतको नाम, ठेगाना, पद र उजुरीको स्पष्ट आधार खुलाउनुपर्ने समितिले जनाएको छ। समितिको असोज ८ गतेको बैठकले सुनुवाइ प्रक्रिया सुरु गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार भारतका लागि डा.

निश्चलनाथ पाण्डे र चीनका लागि डा. कल्याणराज शर्मा सिफारिस भएका छन्। अमेरिकाका लागि चिरनजङ्ग थापा, बेलायतका लागि गौरबशमशेर जङ्गबहादुर राणा र जर्मनीका लागि सरू जोशीको नाम प्रस्ताव गरिएको छ।

इजरायल, स्पेन, जापान, ओमान, मलेसिया, दक्षिण कोरिया, श्रीलङ्का र साउदी अरेबियाका लागि पनि राजदूत सिफारिस भएका छन्। प्राप्त उजुरीको छानबिन र संसदीय सुनुवाइ सकिएपछि मात्र नियुक्ति प्रक्रिया अघि बढ्नेछ।

स्रोत

सम्बन्धित समाचार