११ असोज २०८३ English
English

विदेशमा रहेका नेपालीलाई मतदान गराउने विषयमा निर्वाचन आयोगको छलफल

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
विदेशमा रहेका नेपालीलाई मतदान गराउने विषयमा निर्वाचन आयोगको छलफल

YouTube मा सब्स्क्राइब

निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई आगामी निर्वाचनमा मतदान गर्न दिने व्यवस्था लागू गर्ने तयारी र सरोकारवालासँगको छलफल तीव्र बनाएको छ। यसलाई आउट अफ कन्ट्री भोटिङ अर्थात् देशबाहिरबाट हुने मतदान भनिन्छ। प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीसहित आयोगका पदाधिकारीले यसका सम्भावित विकल्पबारे जानकारहरूसँग परामर्श सुरु गरेका छन्।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार विदेशमा रहेका नेपालीको वास्तविक सङ्ख्या, उनीहरूलाई मतदाता नामावलीमा समेट्ने तरिका र निर्वाचनमा कूटनीतिक नियोगको भूमिकाबारे विचार भइरहेको छ। आयोगले मतदानका लागि विभिन्न विधिको अध्ययन गरिरहेको जनाएको छ। तीमध्ये दूतावास र कन्सुलेटमा मतदान केन्द्र खोल्ने, हुलाकबाट मत पठाउने, प्रतिनिधिमार्फत मत हाल्ने तथा विद्युतीय वा मिश्रित प्रणाली अपनाउने विकल्प छन्।

मतदान केन्द्रको व्यवस्थापन र मत खसालिसकेपछि मतपत्र सुरक्षित राख्ने प्राविधिक तथा प्रशासनिक विषयमा पनि छलफल भइरहेको प्रवक्ता भट्टराईले बताउनुभएको छ। परराष्ट्र मन्त्रालयको सहजीकरणमा आयोगले विभिन्न मुलुकमा रहेका नेपाली राजदूतावास र कूटनीतिक नियोगका प्रमुखसँग पनि छलफल गरेको छ। यो व्यवस्था लागू भएमा विदेशमा रहेका लाखौँ नेपालीले आफू बसेकै देशबाट मत दिन पाउनेछन्।

स्रोत

सम्बन्धित समाचार