९ असोज २०८३ English
English

‘कबड्डी ५’ मा अभिनेत्री रिश्मा गुरुङको पुनरागमन

· १ मिनेट पढाइ

‘कबड्डी’ शृङ्खलाको पाँचौँ चलचित्र ‘कबड्डी ५’ मा अभिनेत्री रिश्मा गुरुङ फेरि मैयाँको भूमिकामा फर्किनुभएको छ। अभिनेत्री गुरुङले शृङ्खलाको पहिलो ‘कबड्डी’ र ‘कबड्डी २’ मा अभिनय गर्नुभएको थियो भने ‘कबड्डी ३’ मा छोटो केमियो भूमिकामा मात्र देखिनुभएको थियो। तेस्रो भागमा उपासना सिंह ठकुरी मुख्य भूमिकामा हुनुहुन्थ्यो।

चौथो भाग ‘कबड्डी ४– द फाइनल म्याच’ मा अभिनेत्री गुरुङ अनुपस्थित हुनुहुन्थ्यो र मिरुना मगर मुख्य भूमिकामा देखिनुभएको थियो। भर्खरै सार्वजनिक भएको टिजरमा काजीको भूमिकामा रहनुभएका दयाहाङ राईको पात्र विवाहित भइसकेको देखाइएको छ। काजीलाई धोका दिएर छाडेर गएकी उनको पहिलो प्रेम मैयाँको पुनरागमनलाई टिजरमा कथाको नयाँ मोडका रूपमा प्रस्तुत गरिएको छ।

टिजरमा अभिनेता विपीन कार्की पनि आफ्नै खालको संवाद शैलीसहित देखा पर्नुभएको छ। टिजर अन्तिममा अभिनेत्री गुरुङको प्रवेशसँगै टुङ्गिएको छ।

यो समाचार भिडियोमा

‘कबड्डी ५’ मा अभिनेत्री रिश्मा गुरुङको पुनरागमन

स्रोत

सम्बन्धित समाचार