९ असोज २०८३ English
English

दसैँ–तिहार नजिकिँदै, चङ्गा पसलमा चहलपहल

· १ मिनेट पढाइ
दसैँ–तिहार नजिकिँदै, चङ्गा पसलमा चहलपहल
तस्बिर: अर्थ सरोकार

दसैँ–तिहार नजिकिँदै गर्दा काठमाडौँ उपत्यकाका चङ्गा पसलमा मूल्य सोध्ने र किन्ने ग्राहकको चहलपहल बढेको छ। असोज लागेसँगै बजारमा दसैँमा खपत हुने खाद्यान्न र लत्ताकपडाको कारोबारको याम सुरु भएको छ। यसैबीच पसलमा रङ्गीचङ्गी चङ्गासँगै लट्टाई र धागो बिक्रीका लागि राखिएका छन्।

दसैँमा परिवार र साथीभाइसँग मिलेर चङ्गा उडाउने पुरानो परम्परा भएकाले यो समयमा चङ्गाको माग बढ्ने गर्छ। काठमाडौँको टेङ्गल चोकस्थित भुतमाली पसः अर्थात् द काइट सपका सञ्चालक विपीनराज वैद्यका अनुसार चाड नजिकिएसँगै चङ्गाको आयात सुरु गरिएको छ। ग्राहकको माग अब क्रमशः बढ्ने उहाँले बताउनुभएको छ।

यस पटक चाडको समयमा मौसम अनुकूल रहने आसले बिक्री पनि राम्रो हुने उहाँको अपेक्षा छ। नेपालमा चङ्गा र धागो मुख्य रूपमा भारतको कलकत्ता, जयपुर, वनारस र बरेलीलगायतका सहरबाट भित्रिन्छ। मोबाइल फोन, सामाजिक सञ्जाल र डिजिटल मनोरञ्जनतर्फको आकर्षण भने पछिल्लो समय बढ्दो छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ र आज काठमाडौँमा वर्षाको सम्भावना ६० प्रतिशत छ।

यो समाचार भिडियोमा

दसैँ–तिहार नजिकिँदै, चङ्गा पसलमा चहलपहल

स्रोत

सम्बन्धित समाचार