आज हरिपरिवर्तिनी एकादशी
आज असोज ६ गते चान्द्र पात्रोअनुसार भाद्र शुक्ल पक्षको एकादशी तिथि परेको छ। यो तिथिलाई हरिपरिवर्तिनी एकादशी भनिन्छ र यसलाई वामन एकादशी तथा जयन्ती एकादशी पनि भन्ने चलन छ। क्षीरसागरमा शयन गरिरहनुभएका भगवान् विष्णुले यस दिन कोल्टे फेर्नुहुन्छ भन्ने धार्मिक विश्वास छ।
शास्त्रीय मान्यताअनुसार आज श्रद्धापूर्वक व्रत बस्नेको सबै पाप नाश भएर पुण्य फल मिल्छ। व्रतालुहरू बिहानै नुहाइधुवाइ गरी हृषिकेश रूपमा भगवान् विष्णुको पूजाआराधना गर्छन्। कोही फलफूल मात्र खाएर फलाहार व्रत बस्छन् भने कोही केही नखाई निराहार व्रत बस्छन्।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

