एसियाडमा नेपाल: महिला कबड्डीमा थाइल्यान्डमाथि जित, टेबलटेनिस जोडी दोस्रो चरणमा

जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपालका रुविन महर्जन र इभाना थापाको जोडी टेबलटेनिस मिक्स्ड डबल्सको दोस्रो चरणमा पुगेको छ। मङ्गलबार स्काई हल टोयोटामा भएको पहिलो चरणको खेलमा यो जोडीले पाकिस्तानी जोडीलाई ३–० को सोझो सेटमा हराएको हो। नेपाली जोडीले तीनै सेट क्रमशः ११–६, ११–८ र ११–४ ले जितेको छ।
दोस्रो चरणमा यो जोडीको सामना हङकङको जोडीसँग हुनेछ। अर्को नेपाली जोडी नविता श्रेष्ठ र सन्योग कपाली भने मङ्गोलियाली जोडीसँग ३–१ ले हारेर पहिलो चरणबाटै बाहिरिएको छ। कबड्डीमा नेपाली महिला टोलीले टोकाइ सिटिजन जिम्नेसियममा भएको पहिलो खेलमा थाइल्यान्डलाई ४६–४३ ले पराजित गरेको छ।
पहिलो हाफ १५–२४ ले गुमाएको नेपालले दोस्रो हाफ ३१–१९ ले जितेको थियो। समूह 'बी' मा नेपाल र थाइल्यान्डसँगै श्रीलङ्का र चाइनिज ताइपे छन्। पुरुष टोलीले भने पाकिस्तानसँग ५८–४३ ले हार्दै लगातार दोस्रो पराजय बेहोरेको छ।
पुरुष टोली पहिलो खेलमा थाइल्यान्डसँग ५९–४८ ले पराजित भएको थियो। करातेको महिला कुमिते ६८ किलोग्राम समूहमा निरुपा दोङ तामाङ सोमबार क्वार्टरफाइनलमा हङकङकी खेलाडीसँग ३–० ले पराजित हुनुभएको छ। करातेको कुमितेतर्फ अब पुरुष ८४ किलोग्रामभन्दा माथिको समूहमा तेन्जिङ शेर्पाको मात्र प्रतिस्पर्धा बाँकी छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

