१२ असोज २०८३ English
English

रुसमाथि कडा प्रतिबन्ध लगाउन जेलेन्स्कीको आग्रह

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
रुसमाथि कडा प्रतिबन्ध लगाउन जेलेन्स्कीको आग्रह

YouTube मा सब्स्क्राइब

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसमाथि थप कडा प्रतिबन्ध र अन्तर्राष्ट्रिय दबाब आवश्यक रहेको बताउनुभएको छ। किएभसहित विभिन्न क्षेत्रमा रुसी आक्रमण जारी रहेको उहाँको भनाइ छ। आइतबार सामाजिक सञ्जाल एक्समा राष्ट्रपति जेलेन्स्कीले रुसी जेट इन्जिनयुक्त ड्रोनले राजधानी किएभका दुई बालविकास केन्द्र, दुई विद्यालय, आवासीय भवन, मोटर मर्मत केन्द्र, गोदाम र सञ्चार संरचनामा प्रहार गरेको दाबी गर्नुभएको छ।

उहाँका अनुसार अघिल्लो दिनदेखि रुसले करिब २७७ आक्रमणकारी ड्रोन प्रयोग गरेको थियो, जसमध्ये करिब १५५ जेट इन्जिनयुक्त थिए। किएभमा साउदी अरबका राजदूतको निवासका रूपमा प्रयोग भइरहेको भवन, डिनिप्रोको खेलकुद विद्यालय र सुमीको क्षेत्रीय बालगृहमा पनि क्षति पुगेको उहाँले जनाउनुभएको छ। नागरिक पूर्वाधारमाथिका यस्ता आक्रमणलाई उहाँले आतङ्कवाद भन्नुभएको छ।

स्रोत

सम्बन्धित समाचार