इरानको प्रस्ताव अस्वीकृत भएपछि कच्चा तेलको मूल्य बढ्यो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सातदिने युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि सोमबार विश्व बजारमा कच्चा तेल महँगिएको छ। इरानले गत साता संयुक्त राष्ट्रसङ्घको महासभामा उक्त प्रस्ताव राखेको थियो, जसबाट होर्मुज जलडमरूमध्य फेरि खुल्ने अपेक्षा थियो। ह्वाइट हाउसबाहिर पत्रकारसँग राष्ट्रपति ट्रम्पले प्रस्ताव मान्न नसकिने बताउनुभएको छ, तर दुई देशबीच वार्ता फेरि सुरु हुनसक्ने सङ्केत पनि दिनुभएको छ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार अप्रत्यक्ष वार्ता सोमबारदेखि नै सुरु हुनसक्छ। इरानले जलमार्ग खोल्न आफ्नो रोक्का सम्पत्ति फुकुवा गर्न र आफ्नो तेलमाथिको प्रतिबन्ध हटाउन सर्त राखेको छ। कच्चा तेलको मूल्य करिब १ दशमलव ८ प्रतिशत बढेर प्रतिब्यारेल करिब १०६ अमेरिकी डलर पुगेको छ भने अमेरिकी डब्ल्युटीआई तेल करिब ९३ डलर पुगेको छ।
शुक्रबार प्रस्ताव सार्वजनिक हुँदा तेल २ प्रतिशतभन्दा बढीले सस्तिएको थियो। समाचार संस्था एएफपीका अनुसार मूल्यवृद्धिले विश्वव्यापी मुद्रास्फीतिको चिन्ता बढाएको छ र विभिन्न देशका सेयर बजारमा पनि असर परेको छ। अमेरिकी डलर पनि दुई महिनाकै उच्च विन्दुनजिक रहेको छ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि एक अमेरिकी डलरको खरिद दर १५३ रुपैयाँ १ पैसा र बिक्री दर १५३ रुपैयाँ ६१ पैसा तोकेको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


