भोटेकोशी बाढीले घरपरिवार र व्यवसायमा ७९ अर्ब १७ करोड रुपैयाँको क्षति: राष्ट्रिय योजना आयोग

रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसाय/प्रतिष्ठानतर्फ रु ७९ अर्ब १७ करोडबराबरको क्षति भएको छ। राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको घरपरिवार तथा प्रतिष्ठानसम्बन्धी सर्वेक्षणको प्रारम्भिक विवरणमा यस्तो उल्लेख छ।
आयोगका अनुसार कुल क्षतिमध्ये घरपरिवारतर्फ रु ६९ अर्ब ५७ करोड र व्यवसाय तथा प्रतिष्ठानतर्फ रु ९ अर्ब ६० करोडबराबरको क्षति भएको छ।
यसैबीच, बाढीसम्बन्धी विपद्को अध्ययन तथा अनुगमन गर्न गठित राष्ट्रिय सभाअन्तर्गतको संसदीय विशेष समितिले बाढी प्रभावित ४९ वडामा भएको क्षति र राहत वितरणको विस्तृत विवरण उपलब्ध गराउन सरकारसँग माग गरेको छ।
समितिले प्रभावित क्षेत्रमा भएको क्षति र त्यहाँ वितरण गरिएको राहतको विवरण माग गरेको हो। भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा क्षतिको आकलन र राहत वितरणको काम जारी छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


