३० असोज २०८३ English
English

दसैँमा बिजुली आपूर्ति अवरुद्ध हुन नदिन विद्युत् प्राधिकरण तयारी अवस्थामा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
दसैँमा बिजुली आपूर्ति अवरुद्ध हुन नदिन विद्युत् प्राधिकरण तयारी अवस्थामा
तस्बिर: क्लिकमाण्डू

नेपाल विद्युत् प्राधिकरणले बडादसैँका बेला विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन तयारी थालेको छ। उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणले देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको हो।

दसैँका बेला विद्युत् आपूर्तिसम्बन्धी गुनासो तुरुन्तै सम्बोधन गर्न 'नो लाइट' सेवामा आउने फोन उठाउन पनि निर्देशन दिइएको छ। गुनासो व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन पनि प्राधिकरणले कर्मचारीलाई भनेको छ।

चाडपर्वका बेला धेरै उपभोक्ता घरमै हुने र बिजुलीको माग बढ्ने भएकाले आपूर्तिमा अवरोध नआओस् भनेर यो निर्देशन दिइएको प्राधिकरणले जनाएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ३० असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 30 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार