३० असोज २०८३ English
English

स्वीकृतिबिना इन्टरनेट प्याकेज ल्याएकोमा नेपाल टेलिकमलाई ५० हजार रुपैयाँ जरिवाना

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
स्वीकृतिबिना इन्टरनेट प्याकेज ल्याएकोमा नेपाल टेलिकमलाई ५० हजार रुपैयाँ जरिवाना
तस्बिर: क्लिकमाण्डू

नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृतिबिनै नयाँ इन्टरनेट प्याकेज ल्याएको भन्दै नेपाल टेलिकमलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ। पूर्वस्वीकृतिबिना इन्टरनेटका विभिन्न प्याकेज र शुल्क लागू गरेपछि यो कारबाही गरिएको हो।

प्राधिकरणबाट इन्टरनेट (इमेलसहित) सेवा सञ्चालनको अनुमतिपत्र लिएका केही सेवा प्रदायकले अनुमतिपत्रका सर्तविपरीत काम गरेको भेटिएको थियो। त्यसपछि दूरसञ्चार ऐन, २०५३ को दफा ४७ (१) बमोजिम कारबाही गरिएको हो।

टेलिकमले ५ हजार रुपैयाँको सस्तो इन्टरनेट प्याकेज सार्वजनिक गरेकै दिन प्राधिकरणले यो जरिवाना तिराएको हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ३० असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 30 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार