अफगानिस्तानका १० स्थानमा पाकिस्तानको हवाई र ड्रोन आक्रमण

पाकिस्तानले अफगानिस्तानबाट आफ्नो भूभागमा ड्रोन आक्रमणको प्रयास भएको भन्दै जवाफमा अफगानिस्तानका करिब १० स्थानमा हवाई तथा ड्रोन आक्रमण गरेको जनाएको छ। पाकिस्तानका सूचना तथा प्रसारणमन्त्री अताउल्लाह तारारले ती स्थान ड्रोन प्रक्षेपण र भण्डारणमा प्रयोग हुने सैन्य ठाउँ भएको दाबी गर्नुभएको छ। सामाजिक सञ्जाल एक्समा उहाँले कारबाही सटीक, नियन्त्रित र समानुपातिक रहेको तथा पहिचान गरिएका सैन्य लक्ष्यमा मात्र सीमित रहेको उल्लेख गर्नुभएको छ।
पाकिस्तानका अनुसार बुधबार अफगानिस्तानतर्फबाट आफ्नो हवाई क्षेत्रमा पसेका करिब ८ ड्रोन खसालिएका थिए। अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले आक्रमणको विरोध गर्दै उचित जवाफ दिने चेतावनी दिनुभएको छ। इस्लामाबादले काबुलमाथि पाकिस्तानविरोधी सशस्त्र समूहलाई शरण दिएको आरोप लगाउँदै आएको छ।
तालिबान सरकारले भने त्यो आरोप अस्वीकार गर्दै ती आक्रमणलाई पाकिस्तानकै आन्तरिक समस्या भन्दै आएको छ। गत फेब्रुअरीमा यी पूर्वसहयोगी छिमेकीबीच वर्षौंपछिकै ठूलो लडाइँ भएको थियो।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


