९ असोज २०८३ English
English

रुसी सेनामा नेपालसहित ४७ देशका नागरिक: जेलेन्स्कीको दाबी

· १ मिनेट पढाइ
रुसी सेनामा नेपालसहित ४७ देशका नागरिक: जेलेन्स्कीको दाबी
तस्बिर: गोरखापत्र

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले नेपालसहित करिब ४७ देशका नागरिकलाई युक्रेनविरुद्धको युद्धमा लडाकूका रूपमा प्रयोग गरिरहेको दाबी गर्नुभएको छ। बुधबार संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई सम्बोधन गर्दै उहाँले घाना, नेपाल, भारत, ताजिकिस्तान, यमन, केन्या, क्युबा र दक्षिण अफ्रिकालगायत देशका नागरिक रुसी पक्षबाट लडिरहेको उल्लेख गर्नुभयो। उहाँले ती देशलाई आफ्ना नागरिकको सुरक्षामा पहल गर्न र पुटिनलाई युद्ध विस्तार गर्न नदिन कदम चाल्न आग्रह गर्नुभयो।

भारतीय विदेश मन्त्रालयका अनुसार करिब २२७ भारतीय रुसी सेनामा भर्ती भएका छन्, जसमध्ये करिब १३९ जना सेवामुक्त भइसकेका छन्। भारतले आफ्ना नागरिक फिर्ता ल्याउन मस्कोसँग निरन्तर छलफल गरिरहेको जनाएको छ। जेलेन्स्कीले सन् २०२५ मा रुसको कुर्स्क क्षेत्रमा पक्राउ परेका उत्तर कोरियाका २ सैनिकलाई युक्रेनले दक्षिण कोरिया पठाएको जानकारी पनि दिनुभयो।

दक्षिण कोरियाको विदेश मन्त्रालयले यसको प्रत्यक्ष पुष्टि नगरे पनि सैनिकको स्वतन्त्र इच्छा र अन्तर्राष्ट्रिय कानुनअनुसार विषय टुङ्ग्याउन परामर्श भइरहेको जनाएको छ। सैनिकलाई सारेको विवरण भने संवेदनशील भन्दै सार्वजनिक गरिएको छैन।

यो समाचार भिडियोमा

रुसी सेनामा नेपालसहित ४७ देशका नागरिक: जेलेन्स्कीको दाबी

स्रोत

सम्बन्धित समाचार