९ असोज २०८३ English
English

महासभामा अल–सारा: गोलान सिरियाकै भूमि, इजरायली नियन्त्रण अमान्य

· १ मिनेट पढाइ
महासभामा अल–सारा: गोलान सिरियाकै भूमि, इजरायली नियन्त्रण अमान्य
तस्बिर: नेपाल प्रेस

सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–साराले गोलान हाइट्स सिरियाकै भूमि रहने र त्यसमाथिको इजरायली नियन्त्रण मान्य नहुने बताउनुभएको छ। संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै उहाँले दक्षिणी सिरियामा इजरायली सेनाको उपस्थितिको विरोध गर्नुभयो। उहाँका अनुसार आफू सत्तामा आएयता इजरायलले सिरियामा ५०० भन्दा बढी हवाई तथा तोप आक्रमण र करिब १ हजार २०० स्थल कारबाही गरेको छ।

ती कारबाहीमा करिब ३०० जनालाई हिरासतमा लिइएको उहाँले बताउनुभयो। अल–साराले सन् १९६७ को युद्धमा इजरायलले सिरियाबाट कब्जा गरेको र सन् १९८१ मा आफ्नो भूभागमा गाभ्ने घोषणा गरेको गोलानमाथिको नियन्त्रणको विरोध गर्नुभयो। सन् २०१९ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गोलानमा इजरायली सार्वभौमिकतालाई मान्यता दिनुभएको थियो, तर संयुक्त राष्ट्रसङ्घ र अधिकांश देशले उक्त विलय स्वीकार गरेका छैनन्।

अल–साराले सन् १९७४ को सम्झौताअनुसार तोकिएको असैन्यीकृत क्षेत्रको विषय पनि इजरायलसामु उठाउनुभयो।

यो समाचार भिडियोमा

महासभामा अल–सारा: गोलान सिरियाकै भूमि, इजरायली नियन्त्रण अमान्य

स्रोत

सम्बन्धित समाचार