४ कात्तिक २०८३ English
English

झापामा चाडपर्वको सुरक्षा: सशस्त्रको ड्रोन निगरानी, बाउन्सरको दादागिरीमा रोक

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
झापामा चाडपर्वको सुरक्षा: सशस्त्रको ड्रोन निगरानी, बाउन्सरको दादागिरीमा रोक

YouTube मा सब्स्क्राइब

चाडपर्वका बेला झापामा सुरक्षा कडा बनाइएको छ। सशस्त्र प्रहरी बलले ड्रोनबाट निगरानी थालेको छ भने जिल्ला प्रशासनले निजी सुरक्षागार्ड र बाउन्सरलाई सर्वसाधारणमाथि बल प्रयोग गर्न रोक लगाएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाले जिल्लाका सहरी क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न ड्रोन उडाएर अनुगमन गरिरहेको छ।

मङ्गलबार बिर्तामोड बजारमा ड्रोनबाट सुरक्षा अवस्था नियालिएको छ। चाडपर्वमा बजार र सार्वजनिक स्थलमा हुने भीड र सम्भावित जोखिम पहिचान गर्न निगरानी बढाइएको हो। यता प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जारी गर्नुभएको सार्वजनिक सूचनाअनुसार चाडपर्व, मेला, महोत्सव र व्यावसायिक प्रतिष्ठानमा खटिने गार्डले नागरिकसँग हातपात, दुर्व्यवहार वा बल प्रयोग गर्न पाउने छैनन्।

भीड नियन्त्रण वा सुरक्षाको नाममा कसैको मानमर्यादामा आँच पुर्‍याउने काम नगर्न सबै पक्षलाई सचेत गराइएको छ। विवाद वा होहल्ला भएमा उनीहरू आफैँ झगडामा नलागी तुरुन्त नजिकको प्रहरीलाई खबर गरेर जिम्मा लगाउनुपर्नेछ। कुटपिट गरेमा कडा कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।

गार्ड र बाउन्सरबाट दुर्व्यवहार र झैझगडा बढेको गुनासो आएपछि यो निर्देशन जारी गरिएको हो।

स्रोत

सम्बन्धित समाचार