रातानाङ्लाको मौसमी रडार दुई वर्षदेखि बन्द, तीन प्रदेशको पूर्वसूचना प्रभावित

सुर्खेत र दैलेखको सिमानामा पर्ने गुराँस गाउँपालिका–५, रातानाङ्लामा रहेको मौसमी रडार दुई वर्षदेखि बन्द छ। चट्याङले क्षति पुर्याएपछि रडार चल्न छाडेको हो। रडार ठप्प हुँदा कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मौसमको निगरानी र विपद्को पूर्वसूचना दिने काम प्रभावित भएको छ।
आधुनिक प्रविधि भएको यो रडार करिब १७ करोड रुपैयाँ खर्चेर जडान गरिएको थियो। पश्चिम नेपालमा बन्ने मौसमी गतिविधि नियालेर पूर्वानुमानलाई अझ प्रभावकारी बनाउने अपेक्षासहित यो रडार राखिएको थियो। जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतकी प्रमुख डा.
इन्दिरा कँडेलका अनुसार रडारमा जोड्नुपर्ने उपकरण विदेशबाट किनिसकिएको छ। तर ती उपकरण जडान गर्न सक्ने सीपयुक्त प्राविधिक नेपालमा नभएकाले रडार फेरि सञ्चालनमा आउन सकेको छैन। छिट्टै जनशक्ति जुटाएर काम थालिने उहाँले बताउनुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


