४ कात्तिक २०८३ English
English

भारत–अमेरिका व्यापार सम्झौता अन्तिम चरणमा, रक्षा र ऊर्जामा पनि सहकार्य

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
भारत–अमेरिका व्यापार सम्झौता अन्तिम चरणमा, रक्षा र ऊर्जामा पनि सहकार्य

YouTube मा सब्स्क्राइब

भारत र अमेरिकाले प्रस्तावित द्विपक्षीय व्यापार सम्झौता छिट्टै टुङ्गो लगाउने प्रतिबद्धता जनाएका छन्। दुवै देशले व्यापार, रक्षा, प्रविधि र ऊर्जा सुरक्षामा सहकार्य बढाउने बताएका छन्। मङ्गलबार मुम्बईमा भारतीय विदेशमन्त्री एस जयशङ्कर र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच भेटवार्ता भएको छ।

भेटमा दुई देशको सम्बन्धका साथै क्षेत्रीय र विश्वव्यापी घटनाक्रमबारे छलफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। विदेशमन्त्री रुबियोले सम्झौता अन्तिम चरणमा पुगेको र केही प्राविधिक पक्ष मात्र मिलाउन बाँकी रहेको बताउनुभएको छ। सबै विवरणमा सहमति जुटेपछि मात्र सम्झौता घोषणा गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ।

प्रमुख राष्ट्रिय हितका विषयमा दुई देशबीच असाधारण तालमेल रहेको भन्दै उहाँले कूटनीतिक र आर्थिक सहकार्य फराकिलो बनाउनुपर्ने धारणा राख्नुभएको छ। रुबियोले मुम्बईलाई भारतको आर्थिक केन्द्र भन्दै त्यहाँबाट व्यापार र लगानी बढाउन सकिने सम्भावना औँल्याउनुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि मङ्गलबार ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै दुई देश सम्झौताको निकै नजिक पुगेको बताउनुभएको छ।

यो सम्झौता यसअघिका सम्झौताभन्दा पूर्ण रूपमा फरक हुने उहाँको भनाइ छ। यसै महिनाको सुरुमा भारतका वाणिज्यमन्त्री पीयूष गोयल र अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरबीच सम्झौताका विभिन्न पक्षबारे वार्ता भएको थियो। दुई देशले गत फेब्रुअरीमा सम्झौताको पहिलो चरणको रूपरेखा टुङ्गिएको घोषणा गरेका थिए।

स्रोत

सम्बन्धित समाचार