विजया दशमीमा काष्ठमण्डप क्षेत्रमा जमराको किनबेच, एक मुठाको १५० रुपैयाँसम्म

बडादसैँको मुख्य दिन विजया दशमीमा काठमाडौँको काष्ठमण्डप क्षेत्रमा जमराको किनबेच भएको छ। त्यहाँ बिहानैदेखि जमरा किन्ने र बेच्ने मानिसको भीड लागेको थियो।
घटस्थापनाका दिन घरमा जमरा राख्न नसकेकाहरूका लागि फूलपातीसँगै जमरा पनि किन्न पाइएको हो। एक मुठा जमराको मूल्य १५० रुपैयाँसम्म पुगेको छ।
विजया दशमीको दिन नवदुर्गा भवानीको प्रसादका रूपमा शिरमा जमरा लगाइन्छ। आजका दिन मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीकासँगै जमरा लगाउने चलन छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


