४ कात्तिक २०८३ English
English

६२ वर्षपछि मध्यपुर थिमीकी जीवित देवी कुमारी लायकू दरबारमा, भक्तजनलाई दसैँको टीका

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
६२ वर्षपछि मध्यपुर थिमीकी जीवित देवी कुमारी लायकू दरबारमा, भक्तजनलाई दसैँको टीका
तस्बिर: रातोपाटी

मध्यपुर थिमीकी जीवित देवी कुमारीलाई ६२ वर्षपछि लायकू दरबार लगिएको छ।

विजया दशमीको दिन बुधबार लायकू दरबारमा जीवित देवी कुमारीको हातबाट भक्तजनलाई दसैँको टीका लगाइएको छ। कुमारीबाट टीका थाप्न भक्तजन त्यहाँ पुगेका थिए।

लामो समयपछि भएको यो कार्यक्रमका तस्बिरहरू विभिन्न सञ्चारमाध्यमले सार्वजनिक गरेका छन्।

बडादसैँको मुख्य दिन विजया दशमीमा देशभर मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा ग्रहण गर्ने क्रम चलिरहेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ४ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 4 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार