जीवित देवी कुमारीलाई हनुमानढोकामा तलेजु भवानीको दर्शन गराइयो

जीवित देवी कुमारीलाई काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन गराइएको छ।
तलेजु भवानीको दर्शन गराउने परम्पराअनुसार मङ्गलबार राति तान्त्रिक र वैदिक विधिबाट जीवित देवी कुमारीलाई दर्शन गराइएको हो। बडादसैँसँग जोडिएको यो परम्परा हरेक वर्ष यसै गरी पूरा गरिँदै आएको छ।
बडादसैँको मुख्य दिन विजयादशमी आज बुधबार देशभर मनाइँदैछ। नवरात्रभर पूजा गरिएकी देवी नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदैछ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेट निर्धारण गरेको छ। समितिका अनुसार देवी विसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटमा रहेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


