विपत्ति र शोकबीचको दसैँले समाजलाई थप एकताबद्ध बनाओस्: रास्वपा सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्ति र शोकका बीच मनाइँदै गरेको बडादसैँले नेपाली समाजलाई अझ सुदृढ एकताको सूत्रमा बाँध्ने विश्वास व्यक्त गरेका छन्।
विजयादशमीका अवसरमा जारी शुभकामना सन्देशमा उनले राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् भन्ने कामना गरेका छन्।
रास्वपाले यस वर्षको बडादसैँ देशमा आइपरेको विपत्ति र शोकको घडीमा मनाउनुपरेको उल्लेख गर्दै सम्पूर्ण नेपालीलाई सुदृढ र अभूतपूर्व एकताका लागि आह्वान गरेको छ। सन्देशमा निराशाबाट आशातर्फ अघि बढ्न पनि आग्रह गरिएको छ।
विजयादशमीका अवसरमा विभिन्न दल तथा राज्यका पदाधिकारीले शुभकामना सन्देश जारी गरेका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


