४ कात्तिक २०८३ English
English

विपत्तिमा परेका परिवारलाई साथ दिँदै दसैँ मनाउन कांग्रेस सभापति गगन थापाको आग्रह

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
विपत्तिमा परेका परिवारलाई साथ दिँदै दसैँ मनाउन कांग्रेस सभापति गगन थापाको आग्रह
तस्बिर: रातोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्तिका कारण दुःख र कठिनाइमा परेका परिवारलाई सहयोग गर्दै विजयादशमी मनाउन सबैलाई आग्रह गरेका छन्। विजयादशमीका अवसरमा बुधबार सामाजिक सञ्जालमार्फत जारी शुभकामना सन्देशमा उनले यस्तो आग्रह गरेका हुन्।

राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील परिस्थितिमा यस वर्षको विजयादशमी मनाउनुपरेको उनले उल्लेख गरेका छन्। चाडपर्वको खुसी आफ्नै घरआँगनमा मात्र सीमित नराखी दुःखमा परेकाहरूसँग पनि बाँड्न उनले आह्वान गरेका छन्।

सभापति थापाले विपत्तिमा परेका परिवारको दुःखमा साथ दिन र उनीहरूको पीडामा थोरै भए पनि मलम लगाउन सबैलाई अनुरोध गरेका छन्। दसैँ मनाउँदा एकअर्काको सहारा बन्न पनि उनले सबैलाई आग्रह गरेका छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ४ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 4 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार