४ कात्तिक २०८३ English
English

मिराज ढुंगानाको घोषणा: दसैँपछि तेस्रो ध्रुवको वकालत, पक्राउ गर्नु परे दिउँसै गर्न आग्रह

· १ मिनेट पढाइ
मिराज ढुंगानाको घोषणा: दसैँपछि तेस्रो ध्रुवको वकालत, पक्राउ गर्नु परे दिउँसै गर्न आग्रह

YouTube मा सब्स्क्राइब

जेनजी अभियन्ता मिराज ढुङ्गानाले आफूलाई पक्राउ गर्नै परे मध्यरातमा होइन, दसैँपछि दिउँसो गर्न सरकारसँग आग्रह गर्नुभएको छ। फेसबुकमा लेखिएको स्टाटसमा उहाँले आफूसहित केही जेनजी साथीलाई मध्यरातमा गिरफ्तार गर्ने खबर आइरहेको उल्लेख गर्नुभएको छ। तेस्रो ध्रुव र जनविद्रोहपछिको वैकल्पिक शक्तिका पक्षमा दसैँपछि वकालत गर्ने योजना पनि उहाँले सोही स्टाटसमा सार्वजनिक गर्नुभएको छ। पछिल्लो समय देशमा धेरै काम राति मात्र हुने गरेको भन्दै उहाँले 'आजकल देश राति मात्रै बन्दो रहेछ' भनेर व्यङ्ग्य पनि गर्नुभएको छ।

स्रोत

सम्बन्धित समाचार