विजया दशमीमा प्रधानमन्त्री शाहको आह्वान: भ्रष्टाचार र कुशासनविरुद्ध सबै एकजुट हुनुपर्छ

प्रधानमन्त्री बालेन्द्र शाहले विजया दशमीका अवसरमा देश तथा विदेशमा रहेका सबै नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन्।
शुभकामना सन्देशमा उनले देशमा आसुरी प्रवृत्तिका रूपमा रहेका भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउन सबै नागरिक एकजुट हुनुपर्नेमा जोड दिएका छन्। असत्यमाथि सत्यको विजय भएको सम्झनामा विजया दशमी मनाइने उल्लेख गर्दै उनले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्नुपर्ने बताएका छन्।
नागरिकलाई 'हाम्रा लागि सरकार छ' भन्ने अनुभूति गराउन सबै एकजुट हुनुपर्ने पनि प्रधानमन्त्री शाहले बताएका छन्। उनले सबैलाई आ-आफ्नो ठाउँबाट आ-आफ्नो क्षमताअनुसार विजया दशमी मनाउन आग्रह गरेका छन्।
बडादसैँका अवसरमा राष्ट्रपति, उपराष्ट्रपतिलगायतले पनि शुभकामना दिएका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


