ठमेल र सौराहामा विदेशी पर्यटकले पनि लगाए दसैँको टीका र जमरा

नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि विजया दशमीको दिन बडादसैँको टीका र जमरा लगाएका छन्। नेपाली संस्कृति र परम्पराप्रति उत्साह देखाउँदै उनीहरूले हर्षोल्लासका साथ टीका लगाएका हुन्।
काठमाडौँको ठमेलमा रहेका विदेशी पर्यटकले नेपालीको महान् पर्व बडादसैँको अवसरमा टीका र जमरा लगाए।
नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी पर्यटकले पनि नेपालीसँगै बडादसैँ मनाएका छन्। उनीहरूले नेपाली कला, संस्कृति र परम्पराबारे बुझ्ने अवसर पाएका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


