४ कात्तिक २०८३ English
English

बाढीपीडितको दसैँ: होल्डिङ सेन्टरमा चिसोको चिन्ता, भोटेकोशी किनार सुनसान

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बाढीपीडितको दसैँ: होल्डिङ सेन्टरमा चिसोको चिन्ता, भोटेकोशी किनार सुनसान

YouTube मा सब्स्क्राइब

भदौ १० गते भोटेकोशी र त्रिशूलीमा आएको बाढीबाट प्रभावित परिवारका लागि यसपालिको दसैँ उत्साहविहीन बनेको छ। रसुवाका बाढीपीडित झन्डै २ महिनादेखि काठमाडौँ उपत्यकाका विभिन्न होल्डिङ सेन्टरमा दिन बिताइरहेका छन्। स्वयम्भु क्षेत्रको मुस्ताङ गुम्बामा मात्रै गोसाईकुण्ड गाउँपालिका–२ का ४ सयभन्दा बढी पीडित बसिरहेका छन्।

गुम्बाका सम्पर्क व्यक्ति पेमा दोर्जेका अनुसार यसपालि यहाँका पीडितले चाडपर्व मनाउँदैनन्। जाडो सुरु भएसँगै सेन्टरमा रहेका बालबालिका र वृद्धवृद्धालाई थप असहज हुने उहाँले बताउनुभएको छ। स्वयम्भुकै भगवानपाउस्थित नुब्री समाजले पनि भोटेकोशी बाढीका करिब ३ सय जनालाई आश्रय दिँदै आएको थियो।

रसुवा, नुवाकोट र धादिङ बाढीबाट सबैभन्दा बढी प्रभावित जिल्ला हुन्। घरबारविहीन भएका कतिपय अझै शिविर र अस्थायी टेन्टमा छन्। नुवाकोटको विदुर नगरपालिका–१० का अष्टमान डंगोलका अनुसार अहिले उनीहरूलाई गाँसबासकै चिन्ता छ।

विदुर–१ त्रिशूलीका केशव श्रेष्ठले भाडाको कोठामा बसेर दिन काट्नुपरेको गुनासो गर्नुभएको छ। विपद्पछि आपूर्ति बिग्रिँदा प्रभावित क्षेत्रमा दैनिक उपभोग्य सामानको कालोबजारी र अनावश्यक मूल्यवृद्धिको जोखिम पनि रहने गरेको छ।

स्रोत

सम्बन्धित समाचार