खोटाङमा माइती जाने चेलीका लागि निःशुल्क बाइक सेवा

खोटाङमा आर्थिक अभाव झेलिरहेका चेलीलाई दसैँमा माइती पुर्याउन निःशुल्क मोटरसाइकल सेवा दिने 'दसैं–तिहार, चेलीलाई उपहार' अभियान सुरु भएको छ। मङ्गलबारदेखि थालिएको अभियानले चेलीलाई घरबाट माइतीसम्म र माइतीबाट फेरि घरसम्म पुर्याउँछ। अभियानका सचिवालय प्रमुख निराजन ढकालका अनुसार पहिलो दिन करिब ५० जनाभन्दा बढीले सेवा लिएका छन्।
सेवाका लागि ३५ जना राइडर स्वेच्छाले खटिएका छन्। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीकी रनमायाँ तामाङ यही सेवामार्फत भोजपुरस्थित माइती पुग्नुभएको छ। रावाबेसी गाउँपालिका–२ खार्पा रुभुङकी रेस्मा राईले पनि निःशुल्क माइती जान पाउँदा खुसी व्यक्त गर्नुभएको छ।
राइडर भविन्द्र राईले चेलीलाई सेवा दिन पाउँदा आफू खुसी भएको बताउनुभएको छ। अभियानका संयोजक सञ्जयकुमार राईका अनुसार दसैँका लागि यो सेवा कात्तिक ६ गतेसम्म चल्नेछ। तिहारमा पनि यो सेवा दिइने अभियानले जनाएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


