९ असोज २०८३ English
English

१३ महिला नेतृको सङ्घर्ष समेटिएको पुस्तक ‘सङ्घर्षले बुनेका साझा सपना’ सार्वजनिक

· १ मिनेट पढाइ
१३ महिला नेतृको सङ्घर्ष समेटिएको पुस्तक ‘सङ्घर्षले बुनेका साझा सपना’ सार्वजनिक
तस्बिर: नागरिक

नेपालका विभिन्न सामाजिक आन्दोलनमा सक्रिय १३ महिला नेतृको जीवन र सङ्घर्ष समेटिएको पुस्तक 'सङ्घर्षले बुनेका साझा सपना' शुक्रबार ललितपुरमा सार्वजनिक भएको छ। अनुसन्धानमा आधारित यो पुस्तकले विभेदविरुद्ध आवाज उठाएका र समुदायलाई संगठित गरेका महिलाका व्यक्तिगत यात्राबाट आन्दोलनको इतिहास र त्यसमा महिलाको भूमिका दस्ताबेजीकरण गरेको छ। पुस्तकमा बादी समुदायको भूमि, अधिकार र सम्मानका लागि लडेकी उमादेवी बादीको कथा छ।

एसिड आक्रमणबाट बाँचेकी मुस्कान खातुनले न्याय र सामाजिक परिवर्तनका लागि गरिरहेको सङ्घर्ष पनि यसमा समेटिएको छ। पछिल्लो समय बिर्सिँदै गएको सिनो बहिष्कार आन्दोलनमा लागेका महरीदेवी, भोला देवी र चन्देश्वरी सदाका अनुभवबाट जातीय विभेदविरुद्ध महिलाको प्रतिरोध र सङ्गठनको इतिहास पनि पुस्तकमा प्रस्तुत छ।

स्रोत

सम्बन्धित समाचार