९ असोज २०८३ English
English

संविधान दिवसमा बाढीपीडितका लागि ललितपुरमा साइकल र्‍याली

· १ मिनेट पढाइ
संविधान दिवसमा बाढीपीडितका लागि ललितपुरमा साइकल र्‍याली
तस्बिर: नेपाल प्रेस

संविधान दिवसको अवसरमा काठमाडौँ शिक्षालय ललितपुरले बाढीपहिरो प्रभावितलाई सहयोग जुटाउन र वातावरण संरक्षणबारे चेतना फैलाउन शनिबार साइकल र्‍याली आयोजना गरेको छ। विद्यालयका अनुसार शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारी र स्थानीयसहित ३०० भन्दा बढी साइकलयात्री र्‍यालीमा सहभागी भएका छन्। 'बाढीपीडितका लागि साइकल र्‍याली, मानवताका लागि एकता' नारासहितको र्‍यालीको उद्घाटन महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले गर्नुभएको थियो।

इमाडोलस्थित विद्यालय परिसरबाट सुरु भएको र्‍याली विभिन्न नगरपालिका क्षेत्र घुमेको थियो। र्‍याली व्यवस्थापनमा नेपाल स्काउट, नेपाल प्रहरी, ट्राफिक प्रहरी र नगर प्रहरीले सघाएका थिए भने १५० भन्दा बढी स्वयंसेवक बाटोमा खटिएका थिए। दर्ता शुल्कबाट सङ्कलन हुने रकममध्ये २५ प्रतिशत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइने आयोजकले जनाएको छ।

यो र्‍यालीलाई वार्षिक अभियानका रूपमा निरन्तरता दिइने आयोजकको भनाइ छ।

स्रोत

सम्बन्धित समाचार