‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि विद्यार्थी छनोट सुरु

निमा एजुकेसन फाउन्डेसनले 'कोडेभर अन्तर्राष्ट्रिय' रोबोटिक्स, कोडिङ र एआई प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने विद्यार्थी छान्ने प्रक्रिया सुरु गरेको छ। फाउन्डेसनका अनुसार आगामी वर्ष हुने यो प्रतियोगितामा करिब ५० देशका प्रतिस्पर्धी सहभागी हुनेछन्। यसमा ७ देखि १८ वर्ष उमेरका विद्यार्थीले भाग लिन पाउँछन्।
प्रतियोगिताले एआई रोबोटिक्सको प्रयोग गरेर संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य पूरा गर्ने नयाँ समाधान र कार्ययोजना बनाउन विद्यार्थीलाई प्रोत्साहन गर्छ। कोडेभर नेपालका कार्यक्रम संयोजक किरण श्रेष्ठका अनुसार देशका अधिकांश विद्यालयबाट यसमा सहभागी हुने माग आइरहेको छ। आलोचनात्मक सोच, सिर्जनशीलता, सहकार्य र सञ्चार गरी ४ वटा सीप विकासमा जोड दिनु कार्यक्रमको उद्देश्य रहेको श्रेष्ठले बताउनुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

