होर्मुजमा तेलवाहक जहाजमाथि कारबाही गरेको इरानको दाबी

होर्मुज जलडमरूमध्य पार गर्दै गरेको टोगोको झन्डा लगाएको एउटा तेलवाहक जहाजमाथि आफूले आक्रमण गरेको इरानले दाबी गरेको छ। इरानी अधिकारीहरूले उक्त जहाजले स्वीकृति नलिई त्यो जलमार्ग नाघ्न खोजेकाले निशाना बनाइएको जनाएका छन्। इरानको यो दाबी स्वतन्त्र स्रोतबाट अझै पुष्टि भएको छैन।
बिना अनुमति होर्मुज छिर्ने अन्य जहाजमाथि पनि यस्तै कारबाही हुने चेतावनी इरानले दिएको छ। यसैबीच अर्को एउटा तेलवाहक जहाजमा पनि अज्ञात वस्तुले प्रहार गरेको जनाइएको छ। त्यस जहाजका सबै चालकदल सकुशल रहेको बताइएको छ।
यता यमनका हुथी समूहको गतिविधिले बाब अल–मन्देब जलडमरूमध्यमा पनि व्यापारिक जहाजको आवतजावत घटेको छ। मध्यपूर्वमा जारी द्वन्द्वका कारण महत्त्वपूर्ण समुद्री व्यापार मार्गहरू प्रभावित भएका छन्। स्वदेशमा नेपाल आयल निगमको पछिल्लो मूल्यसूचीअनुसार काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल र डिजेल प्रतिलिटर २०० रुपैयाँ छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


