‘नेपाल कलिङ’ अभियानसँगै पर्यटन क्रमशः लयमा

भोटेकोशीको बाढीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा फर्कँदै गएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सञ्चालन गरेको ‘नेपाल कलिङ’ अभियानले पर्यटन बजारमा सकारात्मक सन्देश प्रवाह गरेको छ। बङ्गलादेशबाट आएको कर्पोरेट टोलीलाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा र ढाका टोपीसहित स्वागत गरिएको छ।
नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्मा र वरिष्ठ अधिकृत प्रेमप्रसाद भट्टराईले स्वागत गर्नुभएको हो। बोर्डका अनुसार टोलीमा करिब १८५ जना सहभागी छन्। गत भदौ १० गते आएको भोटेकोशीको बाढीपछि नेपालको पर्यटन क्षेत्र सुस्त बनेको थियो।
नेपाल पर्यटकका लागि सुरक्षित रहेको सन्देश दिन मन्त्रालय, पर्यटन बोर्ड र पर्यटनसम्बद्ध सङ्घसंस्था लागिपरेका छन्। रसुवा, धादिङ, गोरखा र नुवाकोटका केही क्षेत्रबाहेक अन्य पर्यटकीय गन्तव्य सुरक्षित रहेको जनाइएको छ। ठूलो कर्पोरेट टोली भित्रिँदा पर्यटन क्षेत्रलाई टेवा पुगेको बोर्डले बताएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

