९ असोज २०८३ English
English

भक्तपुरमा लोपोन्मुख जिब्रो छेड्ने जात्राको तयारी

· १ मिनेट पढाइ
भक्तपुरमा लोपोन्मुख जिब्रो छेड्ने जात्राको तयारी
तस्बिर: रातोपाटी

भक्तपुरको मध्यपुरथिमिमा लोपोन्मुख अवस्थामा पुगेको जिब्रो छेड्ने जात्राको तयारी भएको छ। मध्यपुरथिमि नगरपालिका–४ बालकुमारीका ३९ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले यस वर्ष पनि जिब्रो छेड्ने भएका छन्। यही असोज १० गते शनिबार येँया पुन्हिःका दिन पाँचौँ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिने उहाँले जानकारी दिनुभएको छ।

विगतमा यो जात्रा नियमित हुन सकेको थिएन। विसं २०७४ मा उहाँकै अगुवाइमा जात्रा पुनः सुरु भएको थियो। त्यसयता उहाँले २०७९, २०८१ र २०८२ मा जिब्रो छेड्नुभएको थियो।

विसं २०७५ मा बालकराम श्रेष्ठले एक पटक जिब्रो छेडाउनुभएको थियो। त्यसपछि रोकिएको जात्रालाई २०७९ सालमा वीरेन्द्रभक्तले पुनः निरन्तरता दिनुभएको हो। लोपोन्मुख जात्रा एवं परम्परालाई जीवन्त राख्न उहाँ यस पटक पनि तयार हुनुभएको बताइएको छ।

स्रोत

सम्बन्धित समाचार