९ असोज २०८३ English
English

नेपाली उद्यमीको एआई मार्केटिङ प्लेटफर्म विदेशी बजारतर्फ

· १ मिनेट पढाइ
नेपाली उद्यमीको एआई मार्केटिङ प्लेटफर्म विदेशी बजारतर्फ
तस्बिर: राजधानी

नेपाली प्रविधि उद्यमीहरूले विकास गरेको कृत्रिम बुद्धिमत्तामा आधारित मार्केटिङ प्लेटफर्म विदेशी बजारमा विस्तार गर्ने तयारी भएको छ। फिक्रा भेन्चर्सले भिडियो निर्माणदेखि सामाजिक सञ्जाल व्यवस्थापन, डिजिटल विज्ञापन र उपभोक्ताको प्रतिक्रिया विश्लेषणसम्मको काम एउटै प्रणालीबाट गर्न सकिने प्लेटफर्म विकास गरिरहेको जनाएको छ। यसले व्यवसायलाई मार्केटिङ सामग्री निर्माण, सामाजिक सञ्जालमा प्रकाशन र विज्ञापन सञ्चालनमा सघाउने कम्पनीको भनाइ छ।

विज्ञापनको प्रभाव मापन गरी उपभोक्ताबाट प्राप्त प्रतिक्रियाका आधारमा अर्को सामग्री तयार गर्न सकिने कम्पनीको दाबी छ। विशेषगरी साना तथा मझौला व्यवसायलाई लक्षित गरी यो प्लेटफर्म विकास गरिएको जनाइएको छ। कम्पनीको एआई भिडियो निर्माण उपकरण ‘फिक्राजेन’ले सामान्य विचार वा स्क्रिप्टबाट व्यावसायिक भिडियो तयार पार्न सहयोग गर्नेछ।

प्रयोगकर्ताले स्क्रिप्ट र भ्वाइसओभर स्वीकृत गरेपछि मात्र भिडियो तयार हुनेछ। परम्परागत टेम्प्लेटमा आधारित प्रणालीभन्दा फरक रूपमा कम्पनीले आफ्नै एआई इन्जिन प्रयोग गरेको जनाएको छ।

स्रोत

सम्बन्धित समाचार