९ असोज २०८३ English
English

सिक्लेसमा चलचित्र ‘बुकी फूल’ को छायाङ्कन सुरु

· १ मिनेट पढाइ
सिक्लेसमा चलचित्र ‘बुकी फूल’ को छायाङ्कन सुरु
तस्बिर: सेतोपाटी

कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा नेपाली चलचित्र ‘बुकी फूल’को शुभमुहूर्त भएको छ। बिहीबार सिक्लेसमै आयोजित कार्यक्रमबाट चलचित्र निर्माणको औपचारिक सुरुवात गरिएको हो। गण्डकी प्रदेशका सांसद तथा निर्माता बेदबहादुर गुरुङ ‘श्याम’को परिकल्पनामा बनेको यो चलचित्र ओमप्रकाश गुरुङले निर्देशन गर्दै हुनुहुन्छ।

मुख्य भूमिकामा अभिनेता दयाहाङ राई र अभिनेत्री संस्कृति गुरुङ रहनुभएको छ। पुष्कर गुरुङ, प्रकाश घिमिरे, कविता आलेमगर, माया गुरुङ, विश्वास गुरुङ, राजेश गुरुङ र टीकाराम घलेलगायतको अभिनय रहनेछ। चलचित्रमा गुरुङ समुदायको ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक परिवेशलाई कथावस्तु बनाइएको निर्माण पक्षले जनाएको छ।

छायाङ्कन सिक्लेस र आसपासका क्षेत्रमा हुनेछ। शुभमुहूर्त कार्यक्रममा निर्देशक नवीन सुब्बा, मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजंग गुरुङ तथा कलाकार र स्थानीयवासीको उपस्थिति थियो।

स्रोत

सम्बन्धित समाचार